Thursday, October 22

भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्न नलिनीले गरिन् आ’त्मह’त्याको प्रयास, यसरी बाहिर आयो घटना

July 21, 2020 1119

एजेन्सी-राजीव गान्धीको हत्यामा संलग्न नलिनीले आ’त्मह’त्या प्रयास गरेकी छन् । भारतिय मिडियाका अनुसार भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्या अभियोगमा दोषी ठहर भइ २९ वर्षदेखि जेल सजाय काटिरहेकी नलिनी श्रीहरणले आत्महत्याको प्रयास गरेकी हुन् ।। तमिलनाडूको भेलोरको जेलमा रहेकी नलिनीले सोमबार राती आत्महत्याको प्रयास गरेको बताइएको छ ।

नलिनीले आत्महत्याको असफल प्रयास गरेकाले उनको जीवन रक्षाका लागि जेल स्थानान्तरण गरिनु पर्ने माग परिवारको रहेको पनि समाचारमा जनाइएको छ ।गान्धीको हत्यामै संलग्न भएको पुष्टि भएपछि नलिनीका श्रीमान मुरुगान पनि जेलमा छन्।

मुरुगानले जेलबाट वकिललाई फोन गरी जेल स्थानान्तरण गर्नु पर्ने माग राखेको बताइएको छ ।जेलमा नलिनी र आजीवन काराबास भोगिरहेका अरु कैदीबिच झगडा हुँदै आएको थियो । सो कुरा अरु कैदीले जेलरसम्म पुर्‍याएपछि नलिनीले आत्महत्याको प्रयास गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्