July 21, 2020 74
काठमाडौं ।आज १२ सय जना नेपाली स्वदेश फर्किंन लागेका छन् । विभिन्न ७ उडानमार्फत साउदी, कतार र मलेसियाबाट १२ सय जना नेपाली स्वदेश फर्कन लागेको बताइएको छ । आज साउदीबाट ३, मलेसियाबाट ३ र कतारबाट १ उडान हुनेछन् ।मलेसियाबाट २ वटा म्यालिण्डो र एउटा नेपाल एयरलाइन्समार्फत ५०६ जना नेपाली आउँदैछन ।
साउदीको दमाम र रियादबाट हिमालयन एयरलाइन्सका २ वटा उडानमार्फत २९७ जना नेपाली स्वदेश फर्किनेछन् ।साउदीकै रियादबाट नेपाल एयरलाइन्सको जहाजले २६० जना नेपाली लिएर आउँदैछन् । यस्तै, कतारबाट हिमालय एयरलाइन्समार्फत १५२ जना स्वदेश फर्किन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
प्रतिकृया दिनुहोस्