Saturday, October 24

आज लोकप्रिय गायक रामकृष्ण ढकालको जन्मदिन

July 22, 2020 137

काठमाडौं, साउन ७ । लोकप्रिय गायक गायक रामकृष्ण ढकाल फेरी एक पटक माया जदौ बोलको गीतबाट चर्चामा छन् ।

ओराली लागेको हरिणको चाल भो, माया गर्नेको,बिहान उठ्ने बित्तिकै, जीन्दगीले यसरी, मन पराउने हजार, हीरा काट्ने, दीलको कुरा नगर, लगायतका कैयौँ कालजयी हिट गीतका उनै गायक ढकालको आज जन्मदिन परेको छ ।

आजबाट गायक ढकाल ४६ औं वर्षमा प्रवेश गरेका छन् । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ । सात बर्षको उमेरदेखी नै गीत गाउन शुरु गरेका गायक ढकालले सयौँ चलचित्र, आधुनिक, गजलमा स्वर दिएका छन् भने आफ्ना पनि दर्जनौँ एल्बम बजारमा ल्याएका छन् ।

पत्नि निलम र छोरीसँगै बस्दै आएका गायक ढकालले विभिन्न रियालिटी शोहरुमा पनि जज भएर काम गरिसकेका छन् । लोकप्रिय गायक ढकाललाई ओएस नेपालको तर्फबाट पनि जन्मदिनको लाखौँ लाख शुभकामना ।

प्रतिकृया दिनुहोस्