Wednesday, October 21

अबको तीजमा नो ब्रत प्लिज’ भन्दै सोफिया थापा (भिडियो सहित)

July 22, 2020 102

हरेक वर्ष तीजको समयमा यो संस्कृति कि विकृति भन्ने बहस पनि चल्दै आएको छ। तीजको विकृतिबारे नयाँ गीत सार्वजनिक गर्दै यो बहसमा गायिका सोफिया थापा पनि थपिएकी छिन्।

गीतको बोलले भन्छ- अबको तीजमा नो व्रत प्लिज।

मनिष पन्थको निर्देशनमा तयार भएको यो गीत ‘हाइलाइट्स नेपाल’ युट्युब च्यानल मार्फत् आइतबार सार्वजनिक भएको हो। गीतमा स्वर शब्द संगीत सोफिया थापाको छ।

यो गीतले तीजको नाममा महिलाहरु भोकभोकै वर्त बस्ने, श्रीमानलाई भगवान सरह पुज्ने, उनको गोडाको पानी खाने, अरुलाई देखाउनै भए पनि श्रृंगारिने पर्ने जस्ता परम्परागत सोच र मानसिकता तोड्ने धारणालाई तोड्नु पर्ने भाव बोकेको छ।

‘तीजमा पानी पनि नखाई श्रीमानको लामो आयुको लागि व्रत बस्ने चलन छ। अझ श्रीमानको खुट्टा धोएको पानी समेत पिइन्छ। स्वास्थ्य र समानता दुवै कोणबाट श्रीमानको लामो आयुका लागि भोकै बस्ने कुरा गलत लागेकोले यही विषयलाई गीतमा समेटेको सोफिया बताउँछिन्।

परम्परागत सोच र संस्कारलाई समय अनुकुल रुपान्तरण गर्दै गीतले महिला-पुरुष दुवै बराबर भएको सार बोकेको छ। तर युट्युब भिडियोमा आएका कमेन्ट हेर्दा स्रोता दर्शकले सोफियाको आशयलाई नकारात्मक रुपमा लिइरहेका छन्।

‘मलाई महिलाले पानीसमेत नपिई भोकै बस्दैमा श्रीमानको आयु बढ्छ भन्ने कुरा गलत लाग्छ। यसलाई संस्कृति कसरी मान्न सकिन्छ? आफूलाई मन नपरेको कुरालाई नै गीतको विषय बनाएको हो,’ सोफियाले भनिन्, ‘तीज पर्वलाई हैन तीजका विकृतिलाई ‘नो’ भनिएको हो

प्रतिकृया दिनुहोस्