Wednesday, October 28

एउटा टिकटकले यि २० वर्षीय नेपाली गायकलाई विश्व चर्चित बनाइदियो (भिडियो सहित)

July 22, 2020 429

काठमाडौं, साउन ७ । अमेरिकाको उत्तर क्यारोलिनामा बस्दै आएका नेपालका २० वर्षीय अभिनव बास्ताकोटी टिकटकमा हालेको एउटा भिडियोका कारण सबैको नजरमा परे । या अझै भनौँ उनी अहिले विश्व चर्चित बनेका छन् ।

कारण हो आफ्नो स्टनिन् बोलको युट्युवमा रहेको गीत टिकटकमा पोष् गर्नु । १५ सेकेन्डको उक्त भिडियोमा अभिनव आफ्ना साथीसँग नाच्दै गरेको भिडियोका कारण अहिले उनलाई विश्वले नै चिनन थालेको छ ।

कर्टिस वाटर्सु नामक अकाउन्टबाट राखिएको अभिनवको उक्त १५ सेकेन्डको भिडियो टिकटकमा लगभग चार करोडपटक प्रयोग भएको छ भने युट्युबमा ४० लाखभन्दा बढी दर्शकले हेरिसकेका छन् ।

चौध वर्षको उमेरमा उनले आँफ्नो झुकाव संगीतमा रहेको पत्तो पाए । त्यसपछि उनी संगीतको ध्याउनमा लाग्न थालेपछि परिवराले विस्तारै सर्मथन गर्न थालेका बेला उनले जागिर खान थाले ।

जागिर सुरु भएपछि समय निकाल्नै समस्या परेका बेला एक्कासी भएको कोरोना संक्रमण र लकडाउनका कारण उनले संगीत सृजना गर्ने र भिडियोहरु बनाउने सुनौलो अवसर पाए ।

संगीतमा टनिगं प्वाइन्ट खोजेका उनले लकडाउनकै बेला आफ्नो घरको ग्यारेजमा साथीसँग मिलेर ुस्टनिन्ु गीतको भिडियो तयार पारे । युट्युवमा पनि अपलोड गरे ।
तर उनले टिकटकमा पटक पटक गरेको प्रयास असफल भए पनि सातौँ प्रयासले उनलाई पत्याउन गाह्रो बनायो । कारण एकाएक भिडियो रातारात हिट भयो । अहिले उनलाई विश्वले चिनेको छ ।

नेपाली ठिटोले इन्टरनेटको प्रयोग गरेर नेपालको नाम फेरी एक पटक विश्वमा चम्काएकोमा उनी खुशी छन् । भन्छन् इच्छा शक्ति हुने हो भने आजको इन्टरनेटको समयमा अगाडी बढ्न सजिलै सकिन्छ ।

प्रतिकृया दिनुहोस्