Tuesday, October 20

भारततर्फ लाँदै गरेको करिब २१ लाखको मदिरासहित चारवटा ट्रयाक्टर नियन्त्रणमा

July 22, 2020 133

जनकपुर, ०७ साउन । नेपालबाट भारततर्फ लाँदै गरेको करिब २१ लाखको मदिरासहित चारवटा ट्रयाक्टर धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । धनुषाको कमला नगरपालिका वडा नं ४ सघाराचोकबाट चारवटा ट्रयाक्टरमा राखिएको १ हजार मदिराको कार्टुन इलाका प्रहरी कार्यालय खजुरीबाट खटेको प्रहरीको टोलीले नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

ज १ त ७८६९, ज १ त ९१०३, ज २ त ९३२ र ज १ त ४१६१ नम्बरको ट्रयाक्टरमा गौरव सोफि नामक मदिरा एकहजार कार्टुन मदिरा भारततर्फ लग्दै गरकेो अवस्थामा बरामद गरेको कार्कीले जानकारी दिए ।

२० लाख ८७ हजार ५ सय बराबरको मदिरा सहित चार वटै ट्रयाक्टरलाई आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्