Tuesday, October 27

राजेश हमालका भाइ राकेश रहेनन्

July 22, 2020 352

७ साउन, काठमाडौं । अभिनेता राजेश हमाललाई पारिवारिक शोक परेको छ ।

उनका एक मात्र भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको हो ।

कलेजोको समस्याका कारण केही दिनअघि प्लेन चार्टर्ड गरेर उनलाई दिल्ली पुर्‍याइएको थियो । त्यहाँको ह्याम्स अस्पतालमा उपचारका निधन भएको पारिवारिक स्रोतले बतायो ।

भाइ राकेशसँग राजेश हमाल

राकेशका श्रीमती र दुई छोराछोरी छन् । राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्छन् । उनीहरुका तीन दिदीबहिनी छन् । राजेश र भाइको उमेरमा करिब डेढ वर्षको अन्तर छ । राकेश चलचित्र क्षेत्र भन्दा बाहिर थिए ।

राजेश अहिले काठमाडौंमा नै छन् । राकेशको शवलाई दिल्लीबाट ल्याउने विषयमा छलफल भइरहेको बुझिएको छ

सबैको जानकारीको शेयर गर्नुहोस !!

प्रतिकृया दिनुहोस्