Saturday, October 24

कोरोना जोखिम टरेको छैन, नियम पालना गर्नुहोला : राष्ट्रपति भण्डारी

July 22, 2020 118

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गरेकी छन्। बुधबार ट्वीट गर्दै उनले कोरोना भाइरस कोभिड-१९ बाट बच्न सबैलाई स्वास्थ्यसम्बन्धी नियम पालना गर्न आग्रह गरेकी हुन्।

‘जनजीवनलाई सहज पार्न सरकारले बन्दाबन्दी केही सरल गरेको छ। तथापि, कोरोना महामारीको जोखिम टरिसकेको छैन’ उनले ट्वीटमा गरेकी छन्।

सरकारले गत चैत ११ गतेदेखि जारी राखेको बन्दाबन्दी गएराति १२ बजेदेखि हटाएको छ। अहिलेसम्म नेपालमा कोभिड–१९ को सङ्क्रमण १८ हजार ९४ जनामा देखिएको छ भने ४२ जनाको यसबाट मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्