Tuesday, October 27

श्रीमानले नै बेचे श्रीमती

July 22, 2020 221

काठमाडौं– ‘आमाको अनुहार धेरै याद आउँछ, कहिल्यै देखेको छैन,’ यो भनाइ हो, सिन्धुपाल्चोककी १२ वर्षीया रिता (नाम परिवर्तन)को।

उनी मेलम्ची नगरपालिकामा आफन्तसँग १० वर्षदेखि बस्दै आएकी छन्। आमा बेपत्ता हुँदा उषा तीन वर्षकी थिइन्। उनी अहिले दिदीको घरमा बस्दै आएकी छन्।

बुवाले रिताकी आमालाई बेचेपछि उनी एक्लिएकी हुन्। उनका बुवा मानव बेचबिखन कार्यमा लागेको र उनैले आफ्नै श्रीमतीलाई समेत बेचबिखन गरेको खुलेको छ।

सिन्धुपाल्चोक जिल्ला अदालतले २०७१ बैसाखमा उषाका बाबुसहित तीन जनालाई मानव बेचबिखन कसुरमा दोषी ठहर गरेको थियो। अदालतले गोपी लामिछाने, विष्णु दाहाललाई मुख्य अभियुक्त ठहर गर्दै १० वर्ष कैदको फैसला गर्‍यो। जिल्ला अदालतको फैसलापछि दाहाल थुनामा थिए। तर २०७२ सालको भूकम्पले कारागार भत्काएपछि उनी फरार छन्।

उनीहरुसँगै एक भारतीय नागरिक थिए। तर उनलाई पक्राउ परेका व्यक्तिको चिनजान नभएकाले फरार देखाई मुद्दा दायर भयो। उषाका आफन्तहरूले बताएअनुसार उनकी आमालाई उनका बाबुले बिक्री गरेका थिए।

उनले गाउँकै अन्य महिलाहरूलाई समेत रोजगारीका लागि भन्दै भारत लगेका थिए। यसरी विदेश जानेमा महाँकाल र चनौटे गाउँका दुई तामाङ र एक नेवार थरका युवती थिए। केही वर्ष उनीहरूले घरमा पैसा पनि पठाएका थिए तर पछि हराएका थिए।

प्रतिकृया दिनुहोस्