Thursday, October 29

उत्तरी नेपालमा ६.६ म्याग्नेच्युडको भूकम्पको धक्का !

July 23, 2020 111

काठमाडौं। बिहीबार बिहान ६.६ म्याग्नेच्युडको भूकम्पले तिब्बत र नेपालको उत्तरी षेत्र हल्लाएको छ । बिहीबार बिहान स्थानीय समयअनुसार ४ बजेर ७ मिनेट जाँदा (नेपाली समयअनुसार १ बजेर ५२ मिनेट) तिब्बतको न्यीमा काउन्टी केन्द्रविन्दू भएर ६.६ म्याग्नेच्युडको भूकम्प गएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

चीनको भूकम्प संजाल केन्द्रलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार भूकम्पको केन्द्रविन्दू ३३.१९ डिग्री उत्तरी आक्षंश र ८६.८१ डिग्री पूर्वी देशान्तरमा रेकर्ड गरिएको थियो । १० किलोमिटर गहिराइमा केन्द्रविन्दू रहेको भूकम्प शक्तिशाली थियो र यसले उत्तरी नेपालमा समेत धक्का दिएको थियो । भूकम्पको केन्द्रविन्दू काठमाडौंबाट ३८० माइलको दूरीमा पर्छ । डिसी नेपाल

यस्तै लमजुङ । अविरल वर्षाले यहाँ पहिरो जाँदा १८ घर पुरिएका छन्। मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारी गाउँमा बुधबार बिहान पहिराले उक्त घर पुरिएका हुन्।

उक्त स्थानमा मङ्गलबार गएको कपासेखोलाको पहिरोमा थप पहिरो सोही स्थानबाट आएकाले घर पुरिएका वडाध्यक्ष प्रेम बस्नेतले बताए। पहिराले घर पुरिँदा सुजन अछामी, देवबहादुर सार्की, सिर्जना गोतामे घाइते भएको उनले जानकारी दिए। घाइतेमध्ये सिर्जनाको खुट्टा भाँचिएको, देवबहादुरको खुट्टाको गेडी भाँचिएको र सुजनको टाउकोमा चोट लागेको छ। घाइतेलाई बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला सामुदायिक अस्पतालमा ल्याउने तयारी भइरहेको छ।

मङ्गलबार नै सो पहिराले गाउँमा क्षति गर्न थालेपछि स्थानीयलाई अन्यत्र राखिए पनि उनीहरु आज बिहान सामग्री निकाल्नका लागि आएका र सो पहिराले घाइते भएको वडाध्यक्ष बस्नेतले बताए। गाउँका ८० घरमा नै क्षति पुग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ। जनप्रतिनिधि, प्रहरी, स्थानीयलगायतले यतिबेला पहिराले नपुरिएका घरमा रहेका सामग्री निकाल्ने कार्यमा छन्।

प्रतिकृया दिनुहोस्