Thursday, October 29

सलाम छ यि नेपाली चिकित्सकलाई, जसले कोरोना लागेकी महिलाको ५ घण्टा लगाएर क्यान्सरको शल्यक्रिया सफल पारे

July 23, 2020 238

काठमाडौं । नेपाली चिकित्सकहरु विश्वका अन्य देशका चिकित्सकभन्दा कम छैनन् । जसको उदाहरण मंगलबार चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा देखियो ।

डा अनिलविक्रम कार्कीको नेतृत्वमा डा सदीक्षा अधिकारी, डा रोबिन भट्ट, डा भावना वाग्ले र नर्सहरु एन्जल कालाखेती, सरस्वती गुरु सहितको टिमले एक कोरोना संक्रमित महिलाको मुखको क्यान्सरको सफल शल्यक्रिया सम्पन्न भएको छ ।

डा कार्कीको नेतृत्वमा रहेको टिमले करिब ५ घण्टा समय लगाएर राजविराजकी ६२ वर्षीया ती महिला मुखको क्यान्सरको शल्यक्रिया गरेको अस्पताल स्रोतले जनाएको छ ।

मुखको क्यान्सका कारण अस्पताल पुगेकी ति बृद्धाको अस्पतालले भर्ना लिनु पूर्व गरेको कोरोना परिक्षणका क्रममा पोजेटिभ रिर्पोट आएको र सावधानीपूर्व सुरक्षाका सबै उपायहरु अपनाएर उनको शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ । उनको अहिले स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस्