Thursday, October 22

राकेशलाई सम्झिँदै महानायक राजेश हमाल बने भावुक, बाल्यकालका तस्विरहरु सेयर गर्दै लेखे यस्तो मनछुने स्टाटस

July 23, 2020 296

काठमाडौं । बुधबार भाई राकेश हमाललाई अल्पायुमा नै गुमाएका महानायक राजेश हमाल यतिबेला गहिरो शोकमा छन् । आफूभन्दा डेढ वर्ष मात्र कान्छा राकेश कलेजोमा समस्या भएका कारण भारतको नयाँ दिल्लीमा उपचाररत भएकै समयमा स्वर्गीए भएका हुन् ।

राजेशसँगै बस्ने राकेश नेपाली सिनेमा, समाजसेवा तथा राजनीतिमा पनि क्रियाशील थिए । बाबुआमा दुवै गुमाएका राजेशका लागि राकेश बलियो आडभरोसा भएका कारण पनि उनको अल्पायुमा नै भएको निधनले राजेश स्तब्ध छन् ।

आफ्नो प्यारो भाइ राकेशलाई गुमाउनु परेको पिडालाई कम गर्न भन्दै राजेशले भाइसँगका पुराना तस्विरहरु सामाजिक संजालमा सेयर गरेका छन् ।

राजेशले भाइलाई ‘गुड बाई डियर काकु भन्दै बाल्यकालका तस्विरहरु सेयर गरेका छन् । घरमा सबैले राकेशलाई काकु नामले बोलाउने भएकाले राजशले अलविदा प्रिय काकु भनेर भाइलाई सम्बोधन गरेका छन् ।

प्रतिकृया दिनुहोस्