Saturday, October 24

सिमसार क्षेत्रमा डुबेर ३ बालक सहित ४ जनाको मृत्यु

July 23, 2020 58

काठमाडौं, ८ साउन – झापा, भद्रपुर नगरपालिका-२ स्थित नयाँ सिमसार क्षेत्रमा डुबेर ३ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने अनिल तामाङको छोरा १० वर्षीय अंकुश तामाङ र कमला थामीका २ जना छोरा १५ वर्षीय करण थामी र १२ वर्षीय अर्जुन थामी रहेका छन् ।

घरबाट खेल्न निस्केकोमा घर फर्की नआएकोले आफन्तले खोजी गर्ने क्रममा अंकुश तामाङ नयाँ सिमसार क्षेत्रमा बुधबार डुबीरहेको अवस्थामा फेला परेका थिए भने वेपत्ता अन्य २ जना बालकको सोही सिमसार क्षेत्रको पानीमा बिहीबार बिहान शव फेला परेको हो ।

काभ्रे, पनौती नगरपालिका-७ स्थित त्रिवेणीघाटमा डुबेर सोही नगरपालिका-१२ भूमिडाँडा बस्ने ७० वर्षीय शोम प्रसाद हुमागाईको बिहीबार दिउँसो मृत्यु भएको छ । हुमागाईलाई त्रिवेणीघाटमा डुबेको अवस्थामा प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्दार गरी उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्