Tuesday, October 27

नेपालमै भेटिइन् मोटर बनाउने महिला, कमाइ यति धेरै(भिडियो सहित)

July 23, 2020 227

काठमाडौ, साउन ८ । भत्तपुरको गट्ठा घरमा बिजयलक्ष्मी महर्जनको इलेक्ट्रोनिक्स पसल छ । पसलको नाम हो सुबी इलेक्ट्रो मेसनरी । यो पसल उनी र उनको श्रीमान मिलेर चलाइरहेका छन् । यसरी पसल खोर चलाउने थालेको १८ बर्ष पुग्यो ।

बिजयलक्ष्मी आँफैमा इलेक्ट्रोनिक्स हुन् । दुई बर्षे कक्षा पुरा गरेर यो काम गर्न थालेको उनको भनाइ छ । उनको पसलमा विभिन्न बिद्युतीय सामाग्रीहरु मर्मतको लागि स्थानीयले ल्याउने गरेका छन् । धेरैजसो भने पानी मटर उनको पसल आउने गरेको बिजयलक्ष्मी बताउछिन् ।

‘बन्न त सबै सामाग्री बनाउछौ’ उनले भनिन्, ‘तर धेरैजसो पानी तान्ने मोटर आउने गरेका छन् ।’ उनीहरुले बिग्रेकीका बिद्युतीय सामाग्री बनाउने मात्रै होइन, नयाँ सामाग्री बेच्ने पनि गरेका छन् । पसलमा श्रीमान श्रीमती दुबैलाई भ्याइनभ्याइ छ ।

‘काम सानो ठुलो, गाह्रो सजिलो केही हुँदैन’ बिग्रेकी मोटरको क्वाएल बुन्दै गरेकी बिजयलक्ष्मी भन्छिन्, ‘काम जानेपछि घर खर्च चलाउने देखि लिएर आफ्नो खर्च चलाउन पनि धेरै सजिलो हुन्छ ।’ उनले सबै महिला दिदिबहिनीलाई काम सिकेर आत्मनिर्भर बन्न आग्रह पनि गरेकी छन् ।

प्रतिकृया दिनुहोस्