Sunday, October 25

सरकारको ऐतिहासिक कदम, भारतले कब्जामा राखेको नेपाली गाउँमा शसस्त्र प्रहरीको गुल्म स्थापना

July 24, 2020 270

दार्चुला । सरकारले भारतीय कब्जामा रहेको नेपाली गाउँमा सशस्त्र प्रहरीको कार्यालय राख्ने भएको छ । मन्त्री परिषदको निर्णय अनुसार अब दार्चुलाको सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टरलाई भारतले आफ्नो कब्जामा राखेको नेपाली गाउँ व्यास गाउँपालिका १ छाङरुमा सारिने भएको छ। कालापानी क्षेत्रमा रहेको सो गाउँ लामो समय देखि भारतको कब्जामा छ । असार २९ गते बसेको मन्त्रिपरिषद बैठकले गुल्मलाई छाङरुस्थित गागामा सार्ने निर्णय गरेको हो। त्यसका लागि काम पनि सुरु भइसकेको छ । भवन बनाउने र अन्य तयारीका काम सुरु भएको हो ।

बैठकले वैशाख ३१ गते स्थापना भएको छाङरुको बोर्डर आउट पोस्ट (बीओपी)लाई कालापानी नजिकै कौवा भन्ने ठाउँमा सार्ने निर्णय पनि गरे पछि लामो समय देखि भारतीय सुरक्षाकर्मीको दवदवामा बसेका नेपालीले राहत पाउने भएका छन् । स्थानियले आफुहरुको गाउमा नेपाल प्रहरीको सकृयता बढाउन माग राख्दै आएका थिए । भारतीय प्रहरीले दुख दिने गरेको र आफ्नै माटोमा पनि निर्धक्कसंग हिड्न नपाउने सो ठाउँका नागरिकका लागि सरकारको यो निर्णयले खुसी दिएको छ ।

अब शसस्त्र प्रहरी बस्ने गुल्म कालापानीवाट ३ किलोमिटर हुने भएको छ । प्रहरीले अहिले त्यहाँ छाङरुबाट गस्ती हुने गरेको छ। सरकारको यो निर्णय कार्यान्वयन भएपछि भारतले अतिक्रमण गरेको नेपाली भूमी आफ्नो बनाउन सजिलो हुनेछ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराका जमिन भारतले अतिक्रमण गर्दै आएको छ । सरकारले चीनसंग सिमाना जोडिएको तिंकरमा पनि सुरक्षा संयन्त्र स्थापना गर्ने निर्णय गरेको छ । प्रहरी पोष्ट स्थापना गर्ने निर्णय गरेपछि त्यहाँको बस्तु स्थिती बुझ्न मन्त्रीको टोली त्यस तर्फ गएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह नेतृत्वको टोली व्यासको छाङ्गरु प्रस्थान गरेको हो । टोलीले सशस्त्र प्रहरी बस्ने ठाउँ, नेपाल प्रहरीको बस्ने भवन र त्यस क्षेत्रमा भइरहेको बाटोघाटो निर्माणको विषय निरीक्षण गर्ने सुरक्षा अधिकारीले जनाएका छन्।

प्रतिकृया दिनुहोस्