Thursday, October 22

१९ लाख ९१ हजार नगदसहित हुण्डी कारोबारी पक्राउ

July 24, 2020 105

९ साउन, काठमाडौं । काठमाडौंमा शुक्रबार एकजना हुण्डी कारोबारी १९ लाख ९१ हजार नगदसहित पक्राउ परेका छन् ।

स्याङ्जा कालीगण्डकी गाउँपालिका-५ ताँप घर भई काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने ४० वर्षीय ढुण्डीराज न्यौपानेलाई प्रहरीले पक्राउ परेका हुन् ।

हुण्डी कारोवार भइरहेको सूचनाको आधारमा उपत्यकाका विभिन्न ठाउँमा जाँच गर्दा न्यौपानेलाई काठमाडौंको विशाल बजारबाट नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

पक्राउ परेका न्यौपानेलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक पठाइने महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्