Wednesday, October 21

आज सम्मैको ठुलो खबर ”रबि लामिछानेको लेख” हिजो यो देश बचाउने बा हरु बाट नै अब यो देश बचाउनु पर्ने देखियो (भिडियो सहित)

July 24, 2020 69

पत्रकार रबि लामिछाने आफ्नो फेसबुक वालमा लेख्नु हुन्छ :
कुरा श्रीमतीको हत्या गरी शव जलाउने एउटा क्रुर हत्यारा रन्जन कोइरालाको उन्मुक्तिको मात्र होइन, कुरा सडक पेटीमा हिडेकाको छातीमा जाँड खाएर गाडी चडाउने पृथ्वी मल्लको रिहाईको मात्र पनि होईन।यो त समग्र प्रणाली पुरै जिर्ण भैसकेको जनाउ संकेत हो, घण्टी हो। अब कुरा रिटेलमा होइन होलसेलमा गरौं,पिस मा होइन सिंगै थानमा गरौं। त्यत्रो त्याग, बलिदानबाट प्राप्त उपलब्धिले दिएको नतिजा हेर्दा, पुरानो जहानिया शासनमा र एकतन्त्रीय ब्यवस्थामा भन्दा फरक अनुभुती नागरिकले गर्न पाएनन्। हिजो पनि भाइ भारदारले घेरिएका थिए आज पनि त्यसै गरि घेरिएका छन्। प्रहरी, प्रशासन,अख्तियार,अदालतमा किन आफ्ना मान्छे राखिन्छ भने उहाँहरुलाई कन्फर्म थाहा छ कि सत्तामा पुगेर गलत त गर्नु नै छ।
भिडियो :

ब्यवस्था उत्तम,मान्छे खत्तम हुनुको नतिजा हामी भोगिरहेका छौ।अब एउटा जोड्दार झट्का लगाएर पुरानो पुस्ताका सबैलाई आराम गराउने हो भने यी उपलब्धिको आधारमा मुलुकले सुख नै सुख पाउँछ।९९% काम उहाँहरुले गरिदिनु भएको छ। अब १% काम बाँकी रह्यो ।त्यो भनेको यो सुन्दर ब्यवस्थामा लागेका फोहरको सफाइ मात्रै हो।अब त सजिलो पनि छ, हिजोका दिनमा जस्तो कठिन संघर्ष नै चाहिदैन। बा ले घर बनाइदिए भन्दैमा बा लाई यो घर जुवामा दाउ लगाउन दिने त? बा ले पढाए हुर्काए भन्दैमा रक्सी खाएर भकुर्न दिने त? बा बौलाए भने बालाई पाता कसेर भएपनि आराम र उपचार गराउनु पर्छ।बा हुन् नी! हो त्यो “सानो काम” गर्न “ठुलो प्रतिज्ञा” लिन अब ढिला गर्नु हुन्न।

केही “नमुनाहरुलाई” घर बाट निस्कनै नदिने हो भने यो घर नमुना बन्छ। ठुलो संघर्ष बा हरुले गरे, ठुलो उपलब्धि बा हरुले लडेर उपलब्ध गराए तर बा हरु बौलाए। हिजो यो देश बचाउने बा हरु बाट नै अब यो देश बचाउनु पर्ने देखियो। त्यसलागि एउटा सानो चिटिक्क परेको क्युट खाले क्रियटिभ शान्त तर प्रभावकारी बिद्रोह/आन्दोलन/ अभियान/ मुभ्मेन्ट/हल्लाबोल/शंखनाद/ क्रान्ति … को टाइम आयो। उज्यालो भयो, उठौ साथी हो!

प्रतिकृया दिनुहोस्