Saturday, January 23

Author: admin

नेल्सन मण्डेलाकी छोरी जिन्दजीको ५९ बर्षको उमेरमा निधन

नेल्सन मण्डेलाकी छोरी जिन्दजीको ५९ बर्षको उमेरमा निधन

Posted in समाचार
एजेन्सी, २९ असार । नेल्सन मण्डेलाकी छोरी जिन्दजीको ५९ वर्षको उमेरमा निधन भएको छ ।डेनमार्कमा दक्षिण अफ्रिकी राजदूतको रूपमा सेवा गरिरहेकी उनको आइतवार राति जोहानेसबर्गको अस्पतालमा मृत्यु भएको हो ।उनले आफ्नो पति चार बच्चाहरु जोलेका, जोन्डवा, बमबाथा र जेव्लाबोलाई छोडेर यो संसारबाट विदा भएकी छन् । जिन्दजी एक रंगभेद विरोधी कार्यकर्ता थिए । उनले २०१४ देखि डेनमार्कका राजदूतको रूपमा सेवा गरिरहेकी थिइन् ।उनको मृत्युको कारणको विवरण भने हाल अस्पष्ट छ । उनको छोरा लाला एनगो छोला माडोलोमो भन्ने क्याप्सन पोस्ट गरेका थिए , जसको अंग्रेजीमा ‘स्लीप इन पीस मैडम’ भन्ने अर्थ दिन्छ । आफ्ना महान पिता एवं विश्वका चर्चित पात्र नेल्सन मण्डेलको निधन भएको ७ बर्ष पछि जिन्दजीले पनि धर्ती छोडेकी छन् ।
भारतीय हस्तक्षेपले तराई डुवानमा पर्‍यो : गृहमन्त्री थापा

भारतीय हस्तक्षेपले तराई डुवानमा पर्‍यो : गृहमन्त्री थापा

Posted in समाचार
२९ असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुवानमा परेको भन्दै यस्तो गतिविधि हस्तक्षेप नै भएको बताए । ‘राजनीतिक रुपमा भन्दा यो भारतले नेपालमा गरेको हस्तक्षेप नै हो’ उनले भने, ‘उनीहरुले आफ्नो हित हेरे, तर नेपालको हितलाई ध्यान दिएनन् ।’ भारतले सीमा क्षेत्रमा बनाएको बाँध र संरचना हटाउन पहल गरे पनि सार्थक नभएको मन्त्री थापाले बताए । ‘भारतीय प्रधानमन्त्री नेपालमा आउँदा यससम्बन्धी सम्झौताहरु भएका थिए । सम्झौताको सही ढंगले कार्यान्वयन भएको छैन’ उनले भने । मन्त्रीसँगको छलफलपछि समितिले नेपाली सीमामा भारतद्वारा निर्मित सडक र बाँध तत्काल हटाउन पहल गर्न सरकारलाई समितिले निर्देशन दियो ।
दुनियाँकै मन जितेकी अभिनेत्रीको २६ बर्षकै उमेरमा मृत्यु

दुनियाँकै मन जितेकी अभिनेत्रीको २६ बर्षकै उमेरमा मृत्यु

Posted in समाचार
काठमाडौं । बलिउडमा एक पछि अर्को शोक थपिदै गएको छ । बलिउड कलाकार सुशान्तको निधन पछि उत्पन्न चर्चा र वहस सेलाउन सेलाउन नपाउँदै अर्की कलाकारको पनि निधन भएको छ । सन् २०२० बलिउड क्षेत्रका लागि नराम्रो सावित हुँदै गएको छ । ४० भन्दा बढी कलाकारले यो वर्ष सालेसंगै यो संसार छोडेका छन् । अभिनेत्री, मोडेल र गायिका दिव्य चौक्सेले पनि यो सांर छोडेक छन् । भारतीय संचार माध्यम दैनिक भास्करले जनाए अनुसार उनको आइतवार निधन भएको हो । भारतीय सञ्चार माध्यमले त्यसको पुष्टिका लागि दिव्याको बहिनीको भनाई राखेका छन् । दिव्याको वहिनीले सामाजिक सञ्जालमा घटनाको पुष्टि गर्दै जानकारी दिएकी छन् । बहिनी सौम्या अमीश वर्माले दिदीको निधनको खबर फेसवुक पेजमा सार्वजनिक गरेकी छन् । अभिनेत्री दिव्याले पनि निधन हुनुअघि फेसवुक मार्फत अन्तिम सन्देश सार्वजनिक गरेकी थिइन् । उनी क्यान्सरवाट पीडित थिइन् । दिव्याले आफ्नो अन्तिम स
फाट्टफुट्ट गुड्न थाले सार्वजनिक बस

फाट्टफुट्ट गुड्न थाले सार्वजनिक बस

Posted in समाचार
२९ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फाट्टफुट्ट सार्वजनिक यातायातका साधन गुड्न थालेका छन् । सोमबार चक्रपथमा मयुर र संयुक्त यातायातमा आवद्ध केही बस गुडेका छन् । सञ्चालनमा आएका बसहरुमा सरकारले तोकेको मापदण्डअनुसार बसमा एक पङ्तिको सिटमा एक जना मात्र बसेका छन् भने यात्रुहरुले मास्क लगाएका छन् । सहचालकले यात्रुलाई स्यानिटाइजर पनि दिएका छन् । सरकारले शुक्रबारबाट मापदण्ड पालना गरेर छाटो दुरीका सार्वजनिक यातायात तलाउने दिने निर्णय गरेको थियो । त्यसका लागि साविकको भाडादरमा ५० प्रतिशत थपेर लिनसमेत अनुमति दिइएको छ । तर यातायात व्यवासायीहरुले विभिन्न माग अघि सार्दै यातायातका साधन चलाउन मानेका छैनन् ।
‘कोरोनाले केही हुन्न’ भन्दै पार्टीमा सहभागी हुन गएका युवाले कोरोनाकै कारण गुमाए ज्यान

‘कोरोनाले केही हुन्न’ भन्दै पार्टीमा सहभागी हुन गएका युवाले कोरोनाकै कारण गुमाए ज्यान

Posted in समाचार
काठमाडौं । कोरोना केही होइन भनेर लापरवाही गरेका कारण अमेरिकामा एक युवकले ज्यान गुमाएका छन् । एक जनाले गरेको लापरवाहीका कारण अर्काको ज्यान गएको हो । आफुलाई कोरोना लागेको थाहा पाएर पनि केही हुँदैन भन्दै आयोजना गरेको पार्टीमा सहभागी हुन गएका युवाले ज्यान गुमाएका हुन् । कोरोनालाई ख्याल ख्याल ठानेर कोरोना संक्रमितले पार्टीको आयोजना गरेका थिए । सो पार्टीमा सहभागी हुन जानेलाई उनी संक्रमित हुन भन्ने थाहा थियो । तर संक्रमित भएपनि केही हुँदैन भन्दै अरु सहभागी हुन गएका थिए । सोही पार्टीमा सहभागी हुन गएका एक युवकको कोरोनाका कारण ज्यान गएको हो । टेक्सस राज्यका एक चिकित्सकका अनुसार कोरोना भाइरसलाई ख्याख्यला ठानेर एक संक्रमित व्यक्तिले आयोजना गरेको पार्टीमा सहभागी हुँदा अर्का ३० वर्षीय युवकको ज्यान गएको हो । एउटा भिडिओमार्फत मेथडिस्ट अस्पतालका प्रमुख स्वास्थ्य अधिकारी जेन एपलबाइले त्यस्तो कथा कथा स
मैले कहिले नीर शाहलाई, कहिले हरिवंश र मदनकृष्ण दाइलाई गाली गरेको छ । आफू भन्दा सिनियरको योगदान चलचित्र क्षेत्रमा कती छ भन्नु वुझ्नु पर्दैन । साम्राज्ञी विवादमा भूवन केसीको आक्रोश । बाँकी कुरा भिडियोमा ।

मैले कहिले नीर शाहलाई, कहिले हरिवंश र मदनकृष्ण दाइलाई गाली गरेको छ । आफू भन्दा सिनियरको योगदान चलचित्र क्षेत्रमा कती छ भन्नु वुझ्नु पर्दैन । साम्राज्ञी विवादमा भूवन केसीको आक्रोश । बाँकी कुरा भिडियोमा ।

Posted in भिडियो

कोरोनालाई जित्ने ९ देश , जहाँ अब कोरोनाको बिरामी एउटा पनि छैन, गरे कोरानामुक्त देश घोषणा !

कोरोनालाई जित्ने ९ देश , जहाँ अब कोरोनाको बिरामी एउटा पनि छैन, गरे कोरानामुक्त देश घोषणा !

Posted in समाचार
काठमाडौँ । विश्वभर कोरोनाभाइरस सङ्क्रमित हुनेको सङ्ख्या ७० लाख नाघेको छ । चार लाख भन्दा बढीको निधन भएको छ । दक्षिण एशियाली राष्ट्र भारत, पाकिस्तान र नेपालमा भने कोरोना सङ्क्रमणको दैनिक नयाँ बिरामीको सङ्ख्या चिन्ताजनक रुपमा बढिरहँदा यी नौ वटा राष्ट्रले कोरोनाभाइरस मुक्त भएको घोषणा गरेका छन् । न्युजिल्याण्ड : जुन ८ मा न्युजिल्याण्डले कोरोनाभाइरसका अन्तिम बिरामी निको भई घर फर्केको घोषणा गर्यो । अब भाइरस सङ्क्रमणका सक्रिय बिरामी नरहेको स्वास्थ्य अधिकारीहरूले जुन ८ मै प्रष्ट्याए । प्रशान्त महासागरको टापू राष्ट्र न्युजिल्याण्डमा एक हजार पाँच सय सङ्क्रमित थिए । त्यहाँ २२ जनाले निधन को सामना गरे । न्युजिल्याण्डको जनसङ्ख्या ४८ लाख ८६ हजार छ । न्युजिल्याण्ड सात हप्ताको लकडाउनलाई कडाइपूर्वक लागू गर्यो । जसमा सबै व्यापारिक र व्यावसायिक गतिविधि र सर्वसाधारणको जनजीवन पूर्णरुपमा ठप्प रह्यो । केही अ
९ महिनाको बच्चालाइ एउटा कोठामा सुताएर अर्को कोठामा गरे दम्पतीले देहत्याग

९ महिनाको बच्चालाइ एउटा कोठामा सुताएर अर्को कोठामा गरे दम्पतीले देहत्याग

Posted in समाचार
एजेन्सी । एक दम्पत्ती आफ्ना सानो बालकलाई एउटा कोठामा एक्लै छोडेर अर्को कोठामा पा सो लगाएको अवस्थामा फेला परेका छन् । ९ महिनाको बच्चालाई एउटा कोठामा एक्लै छोडेर दम्पत्तीले झु ण्डिएर देहत्याग गरेका हुन् । यो घटना भारतको गाजियाबादको साहिबाबादस्थित इंदिरापुरममा भएको हो । त्यहाँको ज्ञान ब्लाक १ मा बस्ने एक दम्पत्ती शुक्रबार बिहान झु ण्डिएको अवस्थामा मृत फेला परेका थिए भने उनीहरुको ९ महिनाको बच्चा अर्को कोठामा रुँदै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । महिलाले घटना हुनुभन्दा अघि ग्रेटर नोएडामा बस्ने आफ्नो बहिनीलाई एउटा म्यासेज पनि लेखेको प्रहरी अनुसन्धानमा देखिएको छ । उनले मोवाइलमा म्यासेज गरेर घरमा बच्चा एक्लै छ साँभ ६ वजे भन्दा पहिला घर पुगनु । निखिल आफ्नी पत्नी पल्लवी र ९ महिनाको बच्चासंग बस्दै आएका थिए । उनीहरुले यस्तो निर्णय किन गरे भन्ने खुलेको छैन । पल्लवीको वहिनीले सो म
९ वर्ष अघि बुहारी बनेर भित्रिएकी थिइन्, पेट दुखेर अस्पताल जाँदा खुल्यो उनी त पुरुष रैछन्, चिकित्सक पनि चकित्

९ वर्ष अघि बुहारी बनेर भित्रिएकी थिइन्, पेट दुखेर अस्पताल जाँदा खुल्यो उनी त पुरुष रैछन्, चिकित्सक पनि चकित्

Posted in समाचार
एजेन्सी । संसारमा कहिलेकाँही अनौठो लाग्दा घटना सार्वज्निक हुन्छन् । प्रकृतिलाई नै चुनौती दिने यस्तो घटनाले हामीलाई अचम्म बनाउँछ । भारतमा एक अनौठो घटना सार्वजनिक भएको छ । विविसीले दिएको समाचार अनुसार एक महिला ३२ वर्षदेखि सामान्य जीवन बाँचिरहेकी थिइन् । उनको विवाह भएको ९ वर्ष बितिसकेको थियो र वैवाहिक जीवन पनि राम्रो चलिरहेको थियो तर अचानक उनलाई थाहा भयो कि उनी एक पुरुष हुन् र उनलाई टेस्टिक्यूलर क्या न्स र छ । भारतको पश्चिम बंगालमा बीरभूममा बस्ने यी महिला शारीरिक रुपमा त महिला हुन् तर आनुवंशिक रुपमा उनी पुरुषको रुपमा जन्मिएकी थिइन् । जब उनको स्थिती अस्पताल पुग्यो तब डाक्टर पनि चकित परे र उनीहरुले यो समस्याबारे थाहा पाउनका लागि एउटा लामो प्रक्रियाबाट गुज्रनु पर्यो । त्यसपछि थाहा भयो कि यी महिलालाई एन्ड्रोजन इन्सेन्सिटिभिटी सिन्ड्रोम छ जसमा व्यक्तिको शरीर महिलाको हुन्छ तर क्रोमोसोम पुर
अमेरिकाको टेक्सासमा माछा मार्न गएका नेपाली युवा मृत भेटिए

अमेरिकाको टेक्सासमा माछा मार्न गएका नेपाली युवा मृत भेटिए

Posted in समाचार
टेक्सास, अमेरिका। माछा मार्नका लागि खोलामा गएका तर केही दिनदेखि बेपत्ता नेपाली युवकसहित दुईजना नै मृत भेटिएका छन्। अमेरिकाको टेक्सास राज्यस्थित डालास फोर्थ वर्थमा स्थायी बसोवास भएका हिकारु गौतम नाम भएका ती युवा जुलाई ९ तरिकका दिन विहीबार आफ्ना अरु दुईजना साथीहरुसहित माछा मार्न रेड ब्लफ रोडमा अवस्थित ब्राजस रिभरबाट बनाइएको ड्याममा गएका थिए। एकजना नेपाली मुलका भुटानी र एकजना भियतनामी मुलका साथीसहित सो ठाउँमा माछा मार्न भनी गएका ती १९ बर्षीय नेपाली मुलका युवा हिकारुको शव जुलाई १२ तारिक आइतवार सोही ड्यामभित्र फेला परेको हो। स्थानीय सुरक्षाकर्मीले उनको खोजी जुलाई १० का दिन विहानैदेखि शुरु गरेको थियो। बेलुका अवेरसम्म घर नफर्किएपछि उनीहरुको खोजी गरिएको थियो। गौतमसँगै हराएका नेपाली मुलका भुटानी युवा कृशरण खत्रीको शव जुलाई ११ तारिक साँझ भेटिएको थियो। समाचारअनुसार, तीनजनामध्ये भियतनामी य