
टोखा दम्पतिको मृत्यु प्रकरणले लियो अर्कै मोड
Posted in भिडियो
काठमाडौं । अमेरिकामा बस्ने उमेश केसी छुट्टी मनाउन दसैंअघि काठमाडौं आएका थिए। उनी आइटी इन्जिनियर हुन्। उनका दाइ हिमेश केसीका अनुसार उनी नेपालीहरूले खोलेको सामाजिक सञ्जाल सगुनका लगानीकर्ता पनि थिए। ललितपुर घर भएका ३४ वर्षीय उमेशले काठमाडौं फर्किएपछि टोखा नगरपालिका-३ ग्रान्डी भिलाको एक घर भाडामा लिए।त्यहाँ उनी श्रीमती सुदीक्षा गिरीसँग बस्थे। २९ वर्षीया सुदीक्षाको माइती घर सुर्खेत हो। उमेश र सुदीक्षाको सन् २०१४ मा प्रेमविवाह भएको थियो।केही महिना नेपाल बसेका उमेशको केही दिनमै अमेरिका फर्किने योजना थियो।
अमेरिकाको ग्रिन कार्ड समेत पाइसकेका र दशैँमा चाड मनाउन नेपाल आएका उमेश केसीलाई उनकै पत्नि सुदिक्षा गिरीले नै ज्यान लिएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ । रिर्पोटका अनुसार टोखाको ग्रान्डी भिल्लामा मृत फेला परेका दम्पतीको करिब १२ घण्टाको फरकमा मृत्यु भएको देखिएको अनुसन्धानमा खटिएका एक अधि